काठमाडौ । साझा यातायातले बिहीबार (आज) बाट सडकमा बस गुडाउन सुरू गरेको छ । झण्डै ४ महिना लामो लकडाउनमा थन्किएका हरिया बसहरू बिहीबार बिहानैदेखि सडकमा गुडेका देख्न पाइएको हो । साझाले सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएर २६ वटा बस काठमाडौं उपत्यकाका विभिन्न ८ वटा रुटमा चलाउन थालेको हो । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार २६ वटा बसले आजबाट साविककै आठ वटा रुटमा सेवा सुरु गरेका छन् । उनले यात्रुको चाप हेरेर आवश्यकताअनुसार बस पनि थप्दै जाने बताए ।

 

 

यसअघि सोमबारबाट मयूर, संयक्त यातायातले बस सेवा सुरू गरेका थिए । साथै महानगर यातायात, सुन्दर यातायात लगायतका बस र विद्युतीय टेम्पोले पनि यसअघि नै सेवा सुचारू गरिसकेका छन् ।

यी हुन् साझा बस चल्ने रूट

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
  • गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

बिहीबार सडकमा टेम्पुको संख्या बढेको देखिन्छ भने माइक्रो बसहरू समेत फाट्फुट्ट चलिरहेका छन् । माइक्रो, टेम्पु र बसहरूमा यात्रुको चाप पनि बढ्न थालेका छ ।

 

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु