एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले नयाँ संविधानमा रहेका विवादित विषय बारे साझा धारणा तय गरेको गरेको छ ।

आईतबार सिंहदरबारमा बसेको मोर्चाको बैठकमा मोर्चाको समन्वय समितिले तय गरेको धारणा प्रस्तुत गरिएको थियो । बैठक स्रोतका अनुसार मोर्चाले दस प्रदेशको खाकामा सहमति गरेको छ ।

समन्वय समितिले संविधानका विवादित मूल चार विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली र संघीयताबारे साझा अवधारणा तय गरेको छ । जसमा मिश्रित समानुपातिक निर्वाचन प्रणाली , जनताबाट निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री शासकिय स्वरुप र जातिय पहिचान सहितको १० प्रदेश रहेको स्रोतको भनाई छ ।मोर्चाको यसअघिको बैठकले धारणा बनाउन समन्वय समिति बनाएको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वको समितिमा कृष्ण बहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्र देव, लक्ष्मणलाल कर्ण, पासाङ शेर्पा र कौशल कुमार सिंह सदस्य रहनुभएको छ । अबधारणामा भोलि छलफल गरेर निष्कर्षमा पुगिने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

सम्बन्धित खबरहरु