काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको विवादबारे बोलनु भएको छ । उहाँका अनुसार नेकपाको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान हुँदैन । आज एक ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने स्पष्ट पार्नुभएको छ । उहाँले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, ‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्दति, प्रणालीवारे होईन,नितान्त व्यक्तिगत, व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आंट गर्नोस् । होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस् ।’ थापाका अनुसार नेकपा पार्टीमा देखिएको विवाद अहिले प्रधानमन्त्री फेरबदल गर्दैमा समाधान हुँदैन ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/KTnepal/status/1284314636301373440?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284314636301373440%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fkendrabindu.com%2Fpost%2F159362

सम्बन्धित खबरहरु