काठमाडौं । लामो समयदेखि जारी विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक जारी रहेको जानकारी दिनुभयो ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

दाहाल–नेपाल पक्षको मागलाई प्रधानमन्त्री ओलीले अस्विकार गर्दै आएका छन् । पटक पटक स्थायी कमिटी बैठकमा सहमति खोज्ने प्रयास भएपनि अहिलेसम्म सफल भएको छैन । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर आज बस्न लागेको सचिवालय बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु