काठमाडौं । पछिल्लो समय राम जन्मभूमिलाई लिएर विवाद उत्पन्न भएपछि भारतले अयोध्यामा राम मन्दिर निर्माण थाल्ने बताएको छ । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अयोध्यामा बैठक आज समाप्त भयो । यसमा मन्दिरको शिलान्यासको मितिलाई लिएर छलफल गरिएको जानकारी दिइएको छ । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालका अनुसार अगस्ट ३ देखि ५ तारिखमा शिलान्यास गर्ने भनेर भारतको प्रधानमन्त्री कार्यालयलाई पत्र पठाइएको छ ।

 

 

अन्तिम निर्णय प्रधानमन्त्री कार्यालयबाट स्वीकृति पछि लिईनेछ । बैठकमा राम मन्दिरको स्वरुपका बारेमा पनि छलफल भयो । राममन्दिर १६१ फिट अग्लो हुनेछ । अब तीनको सट्टामा पाँच गजुर निर्माण गरिने छ । ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अयोध्या भ्रमणका लागि आमन्त्रित पत्र पठाएका छन् । राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र सहित १२ जना सदस्यले रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको बैठकमा भाग लिएका थिए ।

 

 

 

तीन जना सदस्य भिडियो कन्फरेन्सिङ मार्फत उपस्थित भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस्तै रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पाट रायले मनसूनपछि परिस्थिति सामान्य भएमा १० करोड ९भारु० परिवारलाई मन्दिर निर्माणमा आर्थिक सहयोगका लागि भारतका ४ लाख क्षेत्रमा सम्पर्क गर्ने वातावरण बनाउने पनि जानकारी गराएका छन् । अवस्था सामान्य भएपछि कोष संकलन भएपछि र मन्दिर निर्माण सम्बन्धी सबै डिजायन सम्पन्न भएपछि मन्दिर बनाउन सुरु गर्ने रायले स्पष्ट पारेका हुन् । उनका अनुसार मन्दिर तीन देखि साढे तीन सालमा निर्माण सम्पन्न हुनेछ ।

 

 

उनका अनुसार जहाँ मन्दिर निर्माण हुँदैछ । त्यहाँ भएका मस्जिदका अवशेषहरु बिस्तारै हटाइएको छ र कामदारलाई सजिलो बनाउनको निम्ति समतल पनि बनाईएको छ, जसले भूमिबाट उसले आभास देखेको छ । समतल जमीन खनेर परीक्षण गरिएको छ । भारतको सर्वोच्व अदालतले हालै राम मन्दिर भएको ठाउँमा बाबरी मस्जिद निर्माण गरिएको भन्दै अयोध्यामा हिन्दुहरुलाई मन्दिर बनाउन मिल्नेगरी फैसला सुनाएको थियो ।

 

 

अहिले पनि मुस्लिम समुदाय अदालतको उक्त फैसलासँग सहमत छैन । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम पर्साको ठोरीमा जन्मेको भन्दै बयान दिनु भएको छ । जसकारण दुई देश बीचको सम्बन्धमा पनि तनाब देखा परेको छ । यो मन्दिर निर्माणमा १० लाख मानिसहरुको सहयोग लिने बताइएको छ । यो एलएन्डटी कम्पनी र सोमपुरा मिलेर बनाउँदैछन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=Rww3-Xi_A5k

सम्बन्धित खबरहरु