काठमाडौ । खाली पेटमा लसूनको सेवनले मानव स्वास्थ्यमा चमत्कार हुने स्वास्थ्य विज्ञानको निश्कर्ष छ । दिनदिनै बिहान खाली पेटमा मनतातो पानीसंग लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्ने बिज्ञहरु बताउछन । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा. अरुण दधीचका अनुसार मानिसका लागि लसून सेवनका सात फाइदा यी हुन्

 

  • लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।
  • यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।
  • लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।
  • यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ ।
  • यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।
  • यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।
  • यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु