काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठुलो सफलता मिलेको छ । उनी माइक्रो ब्लगिङ साइट ट्विटरमा विश्वका शिर्ष १० राजनेताहरुमा अटाउन सफल भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता लगातार बढिरहेको छ । आइतवार, ट्विटरमा प्रधानमन्त्री मोदीका अनुयायीहरूको संख्या ६ करोड नाघेको छ । यसअघिको सेप्टेम्बर २०१९ सम्ममा मोदीका अनुयायीहरूको संख्या करीव पाँच करोड थियो । १० महिनामा मोदीका १ करोड अनुयायीहरू बढेको खुल्न आएको छ ।

 

 

अब ट्विटरमा नरेन्द्र मोदी विश्वव्यापी रूपमा सबैभन्दा अनुयायीहरू भएका नेताहरूको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय स्तरमा मोदी पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पपछि तेस्रोमा छन् । पहिलो स्थानमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा छन् । ओबामासँग हाल १२ करोड ७ लाख भन्दा धेरै ट्विटर फलोअर्स छन् । दोस्रो स्थानमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । उनीसँग अहले ८ करोड ३७ लाख भन्दा धेरै ट्विटर फलोअर्स छन् ।

 

 

नरेन्द्र मोदीले सन् २००९ मा ट्विटरमा आफ्नो अकाउन्ट सिर्जना गरेका थिए । त्यसबेला उनी गुजरातका मुख्यमन्त्री थिए । मोदी ट्विटर जनता सँग सम्पर्क राख्न धेरै प्रयोग गर्दछन् । उनले ठूला घोषणाहरूबाट आफ्ना धेरै कार्यक्रमहरुका बारेमा जानकारी दिन पनि सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् । यस बाहेक, उनले नेताहरूलाई, ब्यक्तिहरु सेलिब्रेटीहरु लाई जन्मदिन र उपलब्धिहरुका लागि बधाई पनि ट्विटरमार्फत दिने गरेका छन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु