काठमाडौं । लामो समयदेखि जारी लकडाउनलाई सरकारले कमजोर बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीका अनुसार तत्काल सिनेमा घर, विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको छ । अझै कोरोनाको सङ्क्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य बनेपछि पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको हो ।

सोहीअनुसार सार्वजनिक यातायातको साधन पनि खोल्ने विषयमा छलफल भएको हो । अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र बिजोर दिनमा बिजोर नम्बरको यातायातका साधन चल्नेगरे पनि अब सबै यातायात सुचारु गर्ने विषयमा छलफल भएको हो ।

पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुबानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने सरकारले निर्णय गरेको छ । प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेतता अपनाउने निर्णय बैठकले गरेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु