काठमाडौं । आन्तिरक विवादको चंगुलमा फसेको नेकपाको बैठक फेरि बस्ने भएको छ । पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक मंगलबार केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न अनुरोध गरेको छ ।

बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनु भएन् । बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु