काठमाडौं । कोरोना महामारीका कारण भक्तपुरमा यो वर्ष गाईजात्रा महोत्सव नमनाइने भएको छ । गाईजात्रामा प्रतियोगितात्मक सांस्कृतिक प्रदर्शनी नहुने भएपछि १५ दिन अघिदेखि गरिने झाँकी अभ्यास पनि रोकिएको छ । भक्तपुर गलसिपुखुस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार कोरोनाबाट बच्न यो पल्ट प्रतियोगिता नहुने भएकाले नाच अभ्यास नगरिएको हो । विगतमा भक्तपुरको प्रसिद्ध घिन्ताङघिसी नाच लगायतका धेरै स्थानीय नाच प्रतियोगितामा सहभागी हुने गर्थे । यस पटक गाईजात्रा साउन २० गते परेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु