काठमाडौं । नेपालमा एक नयाँ नोट निष्कासन भएको छ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको १ हजार रुपैयाँको नयाँ नोट निष्कासन गरेको हो । केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जानकारी दिएको थियो । नोटमा साविकको हात्तीको तस्बिरभन्दा नयाँ हात्तीको तस्बिर राखिएको छ ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’यही साउन ७ अर्थात आजदेखि गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु