काठमाडौं । कोरोना महामारीसँग जुध्दै गरेको संयुक्त राज्य अमेरिकामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २ः१२ बजे आएको हो ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

विज्ञहरुका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । उक्त भूकम्पका कारण भएको क्षति बारेमा कुनै विवरण प्राप्त भइसकेको छैन । केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको चेतावनी पनि जारी गरेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु