एजेन्सी । स्पेनिस ला लिगाको खेलमा लिग लिडर रियल म्याड्रिड र अर्को महारथि बार्सिलोन पराजित भएका छन् । गए राति भएको खेलहरुमा दुवै क्लब पराजित भएका हुन् ।

केही दिनको विश्रामपछि सुरु भएको खेलमा रियललाई भ्यालेन्सीयाले र बार्सिलोनालाई रियल सोसिडाले पराजित गरेको हो ।

भ्यालेन्सीयाको खेल मैदान मेस्टामालामा भएको खेलमा रियलले अग्रता लिएको थियो । पेनाल्टी मार्फत क्रिस्टीयानो रोनाल्डोले रियललाई अग्रता दिलाएका थिए । तर, भ्यालेन्सीयाका एन्टेनीयो र निकोलासले गोल गरेर रियललाई पराजीत  गराए ।

उता, सोसिडाले १–० ले पराजीत गरेको छ । बार्सिलोनाका योर्डी अल्बाले खेलको दोस्रो मिनेटमै आत्मघाती गोल गरेका थिए । बार्सिलोनाले खेलमा दवाव श्रीजना गरे पनि गोल गर्न नसक्दा लिग लिडर हुने मौका पनि चुकायो ।

लिगमा रियलको १७ खेलबाट ३९ अंक रहेको छ भने १८ खेल खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ । तेस्रो स्थानमा रहेको एथ्लेटीको म्याड्रिडको पनि ३८ अंक रहेको छ ।

सम्बन्धित खबरहरु