काठमाडौं । मंगलबार मध्यरातिदेखि नेपालमा लकडाउन खुलेको छ । तर सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास आवश्यक पर्ने बताएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिदै आएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ । मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ । भदौपछिको हकमा यातायात मन्त्रालयले भने बमोजिम हुने गृहमन्त्रालयले स्पष्ट पारेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु