कविता : बूढो खलासी -रविन्द्र ढुङ्गेल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ७ साउन, २०७७

( कविता )
शिर्षक : बूढो खलासी

रविन्द्र ढुङ्गेल

कवि जि ! ए कवि जि !
सुन्दै नसुनी बाहिरिए, कवि जि
बुढा कवि जि ले कान कम्जोर भएर सुनेनन्
कि चिन्तामा थिए कवि जि, ।
कि नाम बिर्सिए कवि जि ले आफ्नै ।।

 

 

मौन निद्रामा कवि जि
एकोहोरो आकाश हल्लाउँछन्
अँध्यारोमा चस्मा लगाउँछन्
उज्यालोमा आँखा चिम्लन्छन्
जूनमा सेकाएर पानी उमाल्छन्
शिशिरमा रोपाईँ गर्छन् ।
बसन्तमा आगो ताप्छन् ।।

 

कवि जि
हात गोडा नधोइ पुजा गर्छन्
पुरानो ओढ्नेमा इस्त्री लगाउँछन् ।

च्यात्तिएको तन्नामा आफू बेरिन्छन् ।।

 

कवि जि ! ए कवि जि !
फेरि पनि सुनेनन् कविजि ले
तर पनि पर पुगेर फर्किए कवि जि
र छामे आफ्नो गोजि,
उनलाई लाग्यो – केही हरायो, केहि छुट्यो,

 

र पनि
मुस्कुराए, कवि जि
अनि कवि जि ले कमिजको इँजार
अझै खुकुलो बनाए,
टोपी अलि माथी नै अड्याए,
जुत्ताका तुनाहरु बाधेनन् ।

 

न’ग्न फर्किए कवि जि ।।

उमेरको पल्लो कुनामा
कवि जि गाइरहेका छन्
गन्तव्यहरुका नाम
उनी चाहन्छन्
सबै यात्राहरु स्थगित होउन्
भर्र्याङको माथी चुहिने खल्ती बोकेर
उभिएका छन् – ती कवि
उनको नाम आज कवि भएको छैन ।
बूढो खलासी ।।

 

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु