काठमाडौं । छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौँको माछापोखरीमा अबस्थित “ईन्ता अटायर” सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ ।विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले अहिले आउदै गरेको हरितालिका तिज, दशैँ तथा तिहारको लागि बिसेष छुट अफर लिएर आएकी छिन। बच्चा देखि बुढा बुढीहरु सम्मको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप, कलालाइ लोकप्रिय बनाउदै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरि आफ्नो बुटिक मार्फत सेवा सुबिधा प्रदान गर्दै आएकी छिन।

 

 

फेसन शैलीले मानिसको बारेमा बताइरहेको हुन्छ । उमेर, पेसा, शारीरिक बनावट अनि रङमा ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउनुका साथै मानिसको स्तर पनि बताइरहेको हुन्छ । हरेक मानिस स्मार्ट देखिन चाहन्छ, त्यसका लागि फेसन अनिवार्य हुन्छ । तसर्थ नेपाली फेसनलाइ अन्तराष्ट्रियकरण गर्न तथा आफ्नो क्रियसन मार्फत सबैको मन जित्न डिजाइनर ईन्ता श्रेष्ठ प्रयासरत छिन। नेपालमा अहिले मानिसको फेसन प्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ । नेपालमा हाल फस्टाउँदो व्यवसाय मध्येको एक हो बुटिक । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउछिन।

 

 

बुटिकमा बन्ने पहिरनको गुणस्तर अनि फिनिसिङ विशेष खालको हुने भएकाले पनि अहिले बिसेषगरि युवा पुस्ताको आकर्षणको बिन्दु भएको छ बुटिक। बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ । ग्राहकको रुचि र इच्छालाइ ध्यानमा राखेर उनीहरुको मन पर्ने डिजाइन सर्बसुलभ तरिका बाट आफ्ना ग्राहकहरुको लागि डिजाइन गर्दै आएकी “ईन्ता अटायर” कि संचालिका ईन्ता श्रेष्ठ तारकेश्वर ९११ नेपालटारमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक हुन् भने उनि लायन्स क्लब आधार मा समेत आबद्ध छिन। विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठ दुखि पिडितको सहारा समेत बन्दै आएकी छिन। बिगत १ बर्ष देखि संचालनमा आएको ूईन्ता अटायर बुटिकू आइ ई सी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन्। यस क्षेत्रलाइ राम्रो संग बुजेर ब्यबसाय संचालन गर्दै आएकी ईन्ता दर्जनौ राष्ट्रिय सम्मान बाट समेत सम्मानित भईसकेकी छिन।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु