काठमाडौं । कोरोना महामारीपछि जारी लकडाउनले गर्दा रोकिएका परीक्षाबारे त्रिभुवन विश्वविद्यालयले नयाँ जानकारी दिएको छ । झण्डै चार महिना लामो लकडाउन समाप्त भएसँगै त्रिविले परीक्षाको नयाँ अपडेट जारी गरेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै यस बारेमा महत्वपूर्ण जानकारी दिएको हो ।

सुचनामा भनिएको छ, ‘कोभिड–१९ ले सिर्जना गरेको असमान्य परिस्थितिको कारण नेपाल सरकारबाट मिति २०७६ चेत्र ०९ गतेदेखि लागु हुने गरी बन्दाबन्दी (लकडाउन) गरेकोले यस त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयबाट सञ्चालनमा रहेका परीक्षाहरु स्थगित गरिएको र सञ्चालन हुन बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन नसकेको र हाल नेपाल सरकारबाट २०७७ भाद्र १ गतेदेखि लामो दुरीको यातायात समेत्त सञ्चालन गर्ने गरी बन्दाबन्दी (लकडाउन) खुल्ला गर्ने निर्णय गरेकोले यस संकायबाट स्थगित गरिएका स्नातकोत्तर तहको परीक्षाहरुको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षहरु भाद्र तेश्रो हप्तादेखि सञ्चालन गरिने व्यहोरा सबैका जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’ त्रिविले परीक्षा तालिका पनि चाँडै सार्वजनिक गर्ने बताएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु