काठमाडौं । लामो समयदेखि विवादित भएको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रकरण नयाँ मोडमा पुगेको छ । यो बीचमा १० करोड क्षतिपूर्ति माग्दै भुवनले साम्राज्ञीविरूद्ध मु’द्दा हालेका छन् । अभिनेता केसीले काठमाडौं जिल्ला अदालतमा मु’द्दा दर्ता गरेका हुन् ।

शुक्रबार केसीले साम्राज्ञीविरुद्ध गा–ली बे’इज्ज’तीसम्बन्धी मु’द्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दु’र्व्यव’हारको आरोपले आफ्नो चरित्र हनन् गरेको भन्दै कलाकार संघमा उ’जु’री दिएका थिए । उनले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको दाबी गर्दै आएका छन् ।

त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दु’र्व्यवहा’र गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्ममा काम गर्ने बेलामा र जापानमा एउटा अवार्ड कार्यक्रमका क्रममा पनि भुवनबाट आफुमाथि दु’र्व्यवहा’र भएको बताएकी थिइन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु