काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताउँनुभयो ।

सशस्त्र प्रहरीको एक महिला सहित १८ जनामा कोरोना पुष्टि भएसगै सो सशस्त्र प्रहरी क्याम्पलाई सील गरिएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनुभयो । झापामा शुक्रवार अन्य बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३–३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको चम्लगाईँले बताउँनुभयो । यो सङ्ख्या समेत गरि झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका भएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनुभयो । बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गर्नुभएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु