काठमाडौं । नेपालमा आज सुनको मुल्यले नयाँ रेर्कड राखेको छ । सुनको मूल्य आज एकैदिन १ हजार ३ सय रुपैँयाले बढेर ९५ हजार ८ सय कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९ सय १ डलर पुगेको छ । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्पप्रायस् बनेको छ । यसैबीच चाँदीको मूल्य १५ रुपैँयाले बढेर प्रतितोला एक हजार १ सय ५० कायम भएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु