काठमाडौं । कोरोना महामारीका कारण जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो ।

समितिका अध्यक्ष सञ्जीव डिएमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका व्यवस्थापकीय कामसमेत बन्द गरिएको बताउनुभयो । प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु