काठमाडौं । विराटनगरमा मृत्यु भएका दुई जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरका ठूला अस्पतालले उपचार अस्वीकार गर्दा एम्बुलेन्सभित्रै मृत्यु भएका एक युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । उदयपुरबाट उपचारका लागि विराटनगर आए पनि भर्ना लिन नमान्दा एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईमा कोरोना नेगेटिभ देखिएको हो ।

राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो ज्यान गएको थियो । कोरोनाको शंकास्पद भन्दै मृत्यु भएपछि स्वाब संकलन गरेर कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि लाश परिवारका सदस्यलाई बुझाउने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।

यस्तै, विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएकी महिलाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदालाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएको थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु