रोचक : नाई मलाई त्यही केटा चाहिन्छ भन्दै युवकको घरबाहिर धर्ना बसिन् यी युवती

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १० साउन, २०७७

काठमाडौं । विश्वभर हर समय नयाँ र अनौठा घटनाहरु हुने गर्छन । यस्तै एक घटना अहिले बाहिर आएको छ । भएको के भने प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको पञ्जाब राज्यमा एक युवतीले जे गरिन् त्यो गज्जब थियो । त्यहाँको जालन्धरकी एक युवती धर्नामा बसेकी छन् । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन ।

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले अडान लिएकी छिन् । तर युवकका परिवारले त्यसबारे जानकारी नभएको भन्दै भाग्न खोजेको देखिन्छ । विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको आरोप लगाइन् ।

आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको उनले स्पष्ट पारेकी छिन् । तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बस्नु परेको वाध्यता उनले सुनाइन् । उनले आफुहरु गएको पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि बताएकी छिन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु