काठमाडौं । पूर्व मन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले दिए सामुहिक राजीनामा दिएका छन् । राप्रपाका ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका हुन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्व मन्त्री सुनीलबहादुर थापासहितका नेताले शनिबार एकसाथ राजीनामा घोषणा गरेका हुन् ।

 

पार्टीलाई सिद्धान्त, पद्धति र विधिअनुसार चलाउन आग्रह गर्दा नेतृत्व तहबाट त्यसको पालना नभएको भन्दै आफुहरुले एकसाथ राजीनामा दिएको प्रवक्ता किरण गिरीले बताउनुभयो । प्रवक्ता गिरी स्वयम् पनि राजीनामा दिने सूचीमा हुनुहुन्छ । पार्टीका तीन जना अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पेश गरिएको छ । राजिनामा दिने नेताहरु प्रायः सबै केन्द्रीय तहका नेताहरु हुन् ।

 

 

पार्टी परित्यागको घोषणा गरेका नेताहरु आन्तरिक छलफलमा रहेकाले तत्काल नयाँ पार्टी जन्माउने कि कुनै विचार मिल्ने पार्टीमा प्रवेश गर्नेबारेमा छलफल भइरहेको जनाइएको छ । राजीनामाको पूर्णपाठ हेर्नुहोस्

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु