काठमाडौं । निरन्तरको वर्षापछि आएको पहिरोमा दुई जना पुरिएका छन् । बागलुङ नगरपालिका–१ निरयघाटमा पहिरोमा दुई जना पुरिएका हुन् । पोखरा–बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गर्दा सडकमाथीबाट खसेको पहिरोमा एक जेसिवी, एक ट्रयाक्टर र एक ट्रिपर सहित दुईजना चालक पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

 

चालक निर्मल पुन र ट्रिपर चालक रोशन नेपाली बेपत्ता भएका हुन् । हिजो साँझ ८ बजे पहिरोमा पुरिएकाहरुको उद्धार हुन सकेको छैन । हिजो रातीसम्म उद्धारको प्रयास भएपनि नसकेपछि अब बिहान पुनः खोजी थाल्ने प्रहरीले जानकारी दिएको छ ।

 

 

निरन्तर पहिरो खस्ने क्रम जारी रहेका कारण कसरी उद्धार गर्ने भन्ने बारेमा चिन्ता थपिएको जनाइएको छ । तर, बेपत्ता भएको भनिएका मानिसहरुको मोबाइलमा सम्पर्क भैरहेको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका साधनहरु बागलुङ स्थित ठेकेदार बिमलेश आचार्यको रहेको बुझिएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु