काठमाडौं । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो । दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

बाख्रा चराउन गएका बालिकाहरु श्निवार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए । त्यसक्रममा शनिवार राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा श'व फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । मृतक दुवै बालिकाको श'व पो'ष्टमा'र्टमका लागि आइतवार बिहान जिल्ला अस्पताल मलङ्गवा पुर्याइएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु