काठमाडौं । कोरोना महामारीको समयमा गृहमन्त्रालयले गरेको कामलाई लिएर पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले असन्तुष्टि प्रकट गर्नुभएको हो । बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गर्नुभएको हो ।

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ रहेको छ । उहाँले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गर्नुभएको हो ।

बास्कोटाले ट्वीटरमा लेख्नु भएको छ, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरु पैदल हिँडेर सीमा पार गरी अर्को गाडीमा चढ्नुपर्ने बाध्यता रहेको छ ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै हाल जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चलाउन दिइए पनि ती गाडीहरुमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु