काठमाडौं । कोरोना संक्रमण केही कम भएपछि नेपालमा लकडाउन खोलिएको छ । तर पछिल्ला केही दिनहरुमा संक्रमण लगातार बढ्दैछ । यो बीचमा प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको खुल्न आएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् ।

[caption id="" align="aligncenter" width="810"] File Photo[/caption]

पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो । यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु