काठमाडौँ । कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको आशङ्कापछि उत्तर कोरियाली नेता किम जोङ ऊनले आकस्मिक बैठक बोलाउनुभएको छ । उत्तर कोरियाली समाचार संस्था(केसीएनए)का अनुसार नेता किमले आइतबार बिहान आकस्मिक बैठक बोलाउनुभएको हो ।

केसीएनएका अनुसार कोभिड–१९ का आशङ्कित उक्त व्यक्ति जुलाइ १९ मा उत्तर कोरिया अ'वै'ध रुपमा प्रवेश गरेका हुन् । तीन वर्षअघि दक्षिण कोरियामा दोषी पाइएका ती व्यक्ति केसोङ शहर हुँदै उत्तर कोरिया प्रवेश गरेका हुन् ।

बिरामीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टिनमा बस्न भनिएको छ । साथै व्यक्तिको सम्पर्कमा आएकाहरूलाई समेत पहिचान गरिएको केसीएनएले उल्लेख गरेको छ ।

किम जोङले आशङ्कित फेला परेको स्थान वरिपरि आपातकाल घोषणा गर्नुका साथै उक्त क्षेत्रमा आइसोलेसनका उपायहरू अपनाउन निर्देशन दिनुभएको छ । केसीएनएले व्यक्तिको अ'वै'ध प्रवेश सम्बन्धमा केन्द्रीय सैन्य आयोगले छानबिन गरी दोषीमाथि कारबाही गर्ने उल्लेख गरेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु