काठमाडौं । चर्चित बलिउड अभिनेत्री जया बच्चन प्रहरीकोमा पुगेकी छन् । बलिउड महानायक पति अमिताभ बच्चनसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले आफूलाई दुःख दिएको भन्दै बाइकर्सविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएकी हुन् । परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो ।

तै पनि पुरै परिवार संक्रमित हुँदा चिन्तामा रहेकी जयालाई मोटरसाइकल कुदाउने ग्रुपले घरकै अगाडि आएर दुःख दिएपछि प्रहरीमा उजुरी दिएको खबर भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए । एक दिन होइन दिनदिनै दुस्ख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिइन् ।

उजुरीपछि प्रहरी टिम जयाको बंगला नजिक पुग्यो । त्यतिखेर बाइकर्स भागिसकेका थिए । फरार बाइकर्सको खोजी प्रहरीले गरिरहेको छ । अहिलेसम्म कुनै बाइकर्सको पहिचान भएको छैन । यद्यपि प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु