काठमाडौं । उमेर नपुगे पनि शाररीक सम्बन्ध राखेपछि एक युवक समातिएका छन् । प्रहरीले १४ वर्षीया बालिकालाई जबर जस्ती गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जानकारी अनुसार पक्राउ पर्ने व्यक्ति कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । यो घटना १२ असारको भएको बताइएको छ ।

कार्की परिवारले भने पी'डि'त भनिएकी किशोरी उनको प्रेमिका भएको जानकारी दिएका छन् । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको उनीहरुले बताएका छन् ।

तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अप राध मानेको छ । त्यसैले मु'द्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु