काठमाडौं । संविधानका अन्तरबस्तुमा साझा धारणा बनाउनका लागि एमाओवादी नेतृत्वको मोर्चाको बैठक बस्दैछ ।
आइतवारको बैठकमा साझा धारणा बनाउन नसकेपछि मोर्चाको बैठक साझा धारणालाई अन्तिम रुपमा दिनका लागि आज बोलाइएको हो । मोर्चाले संघियताका विषयमा १० प्रदेशको प्रस्वाव पेश गर्ने तयारी गरेको छ ।
मोर्चाको कार्यदलले तयार पारेको प्रतिवेदनको छलफलमा १० प्रदेशको अवधारणाका बारेमा आइतवार छलफल भएको थियो ।
कार्यदलले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट अनुमोदित प्रधानमन्त्री रहने तथा दुवैको अधिकारबारे संविधानमै उल्लेख रहने लगायतको प्रस्ताव तयार पारेको छ ।
मोर्चाको कार्यदलले तयार पारेको अवधारणामा ३० दलका नेताहरुले आ–आफ्नो धारणा राख्दै त्यसमा केही परिमार्जन गर्न आवश्यक रहेको बताएपछि आइतबार अवधारणाले पूर्णता पाएकोथिएन ।
संविधानसभाभित्र रहेका १९ दल र संविधानसभा बाहिर रहेका ११ दलको संयुक्त मोर्चाले सहमतिका आधारमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले साझा अवधारणा तयार पार्न लागेको जनाएको छ ।
–