काठमाडौ । न्यायालयमा भइरहेका पछिल्लो गलत प्रकरणबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराई खरो रुपमा उत्रिनुभएको छ । अदालतको मानहानी मुद्धा लगाएर सांसद पद खोसिएपनि पद दाउमा राखेर यो गलत प्रवृती नै नसुध्रिएसम्म अन्तिमसम्म लड्ने उहाँको घोषणा छ । उहाँले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला मुद्धा प्रकरणमा न्यायमूर्ती नै बिक्रि भएको संगिन आरोप समेत लगाउनुभएको छ ।

उहाँले यति ठूलो त्रुटीपूर्ण फैसला कुनै आर्थिक चलखेल नभई भयो भन्ने कुरामा कुनैपनि नेपाली जनताले विश्वास गरेका छैनन् । मेरो स्रोतले त प्रमाणसहित भेटेको छ । राज्यका सम्पत्ति सुद्धिकरणसम्बन्धि निकायहरुले न्यायाधीशहरुको सम्पत्ति खोजविन गरोस् उहाँले खुलेर नै भन्नुभयो । जनबोलीसँगको कुराकानीमा उहाँले भन्नुभयो यसो भनिरहँदा २१ औ सताब्दिमापनि म भन्दा ठूलो कोही छैन । मलाई प्रश्न उठाउँने कोही हुने छैनन् भनेर गरेको यो न्यायमुर्तीको अहिलेसम्मकै ठूलो अपराध हो ।

त्यो अहिलेसम्मकै ठूलो त्रुटीबाट गुम्ने आफ्नो पद जोगाउँन उनका बिरुद्ध बोल्नेलाई अदालतको मानहानी मुद्धा लगाउँन सक्छन् भन्दै उहाँले आफुलाई त्यो मुद्धा लगाउँन सर्वोच्च अदालतका न्यायाधीशहरुलाई चुनौती समेत दिनुभयो । उहाँले भन्नुभयो मलाई सांसद पदको कुनै मोह छैन तर यो देश बिग्रिएको, भत्किएको भ्रष्ट्राचारले नै हो ।

न्यायालयमा त्यो रोग झनै बिकराल छ अब अन्तिम लडाई जित्ने बेला आएकाले आफु त्यो बिद्रोहमा लागेको स्पष्ट पार्नुभयो । सबै सचेत नागरिकलाई अब देशमा भइरहेका भ्रष्ट्राचारबिरुद्ध उत्रिन अपिल गर्दै उहाँले भन्नुभयो अब सबै जाग्ने बेला भएको छ । देशको मुहार फेर्न भ्रष्ट नेतादेखि माथिल्लो पदमा बसेर गलत कार्य गर्ने बिरुद्ध जुरुक्कै उठ्नुपर्छ । बाँकी भिडियोमा हेर्नुहोला ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

यो खबर अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु