काठमाडौं । लामो समयदेखि जारी सीमा विवादलाई लिएर भारतले एक पत्र जारी गरेको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको भारतीय जिल्लाका अधिकारीले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई अनुरोध गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जुलाई १४ (दुई साताअघि) पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधीकारीले ‘नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेको हो ।

यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा लेखिएको छ । भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले केहीअघि नयाँ नक्सा प्रकाशित गरिसकेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले आफूलाई यस्त पत्र आएको तर जवाफ दिनु आवश्यक नठानेको बताउनुभयो । पोखरेलका अनुसार दार्चुलाको माथिल्लो भागतिर कुनै पनि समूहले अनुमति लिएर नगएको तर स्थानीयले आफ्नो क्षेत्रमा गर्ने हिँडडुलको अभिलेख नराखिने बताउनुभयो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु