काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र सङ्कायको परीक्षा सञ्चालन सम्बन्धी सुचना जारी गरेको छ । त्रिविका अनुसार लकडाउनमा स्थगित भएका परीक्षाहरु भदौ महिनाको चौथो सातादेखि सुरु भएर असोज चौथो सातामा सकिनेछन् । समयतालिका अहिले सार्वजनिक भए पनि परीक्षातालिका भने पछि सार्वजनिक गर्ने त्रिविले जानकारी दिएको छ ।

त्रिवि शिक्षाशास्त्र संकायद्धारा जारी सुचनामा भनिएको छ, ‘यस संकायद्धारा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षाहरु देहाय बमोजिक सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु