काठमाडौं । कोरोना महामारीसँग जुध्दै गरेको नेपालका लागि अर्को चुनौती खडा भएको छ । म्याग्दीमा थप तीन जनामा डेंगु पोजिटिभ भेटिएसँगै संक्रमितहरुको संख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका संक्रमित तीनैजना पुरुष हुन् ।

[caption id="" align="aligncenter" width="1000"] File Photo[/caption]

उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरु दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा ल्याप परीक्षण गर्दा डे्रंगु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार मंगला गाउँपालिका–१, कुहुँका ४१ वर्षीय एक पुरुष, धौलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनी नगरपालिका–४, सिङ्गा बस्ने १९ वर्षीय पुरुष र बेनपा–४, सिङ्गाका २५ वर्षीय पुरुषमा डेंगुको संक्रमण पोजिटिभ पाइएको उहाँले जानकारी दिनुभएको छ । वर्षात्को समयमा पानी परेसँगै संक्रमितहरु बढ्ने गरेको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु