त्रिविले स्नातक देखि स्नातकोत्तरसम्मको परीक्षा तालिका (रुटिन) सार्वजनिक गर्यो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १२ साउन, २०७७

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ । त्रिविको योको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षा सो मितिमा सञ्चालन गर्ने भएको हो ।

 

 

उक्त संकायको डीन कार्यालयले आज सार्वजनिक गरेको सूचना अनुसार स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को पनि सोही हप्ता सञ्चालन गर्ने भएको छ ।

 

त्यस्तै स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्ता सञ्चालन गर्ने भएको छ । भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन गर्ने भएको छ । डीन कार्यालयले प्रकासन गरेको उक्त सूचनामा परीक्षाको विस्तृत तालिका पछि सार्वजनिक गर्ने उल्लेख गरिएको छ । सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोस् ।

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु