काठमाडौं । कोरोना महामारीपछि जारी लकडाउनले गर्दा रोकिएको परीक्षा पुनः सुचारु गर्ने सम्बन्धी त्रिभुवन विश्वविद्यालयले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिविले कानुन संकाय अन्तर्गतको परीक्षा सञ्चालन भदौ महिनाको तेस्रो सातादेखि सुरु गरिने जानकारी गराएको छ ।

 

त्रिवि कानून संकायद्धारा जारी गरिएको सुचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण त्रिवि कानून संकाय डीनको कार्यालयको मिति २०७६ चैत्र ०६ गतेको सुचनाद्धारा २०७६ चैत्र ७ देखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस संकाय अन्र्गत सञ्चालन भइरहेको पठनपाठन र स्नातक तह बीएएलएलबी दोस्रो सेमेस्टर अन्त्य परीक्षा स्थगित गरिएको व्यहोरा सर्वविदितै छ ।

 

 

नेपाल सरकारले मिति २०७७ साउन ६ गते मध्यराति देखि लकडाउन अन्त्य गरेको घोषणा, त्रिवि सूचना जनसम्पर्क महाशाखाको मिति २०७७ साउन ८ को सुचना, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट यस संकायमा प्राप्त मिति २०७७ साउन ८ को पत्र तथा मिति २०७७ साउन १२ गते बसेको यस संकायको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय समेतको आधारमा परिस्थिति अनुकूल भएमा त्रिवि कानून संकायबाट स्थगित गरीएको स्नातक तह बीएएलएलबी दोस्रो सेमेस्टर अन्त्य परीक्षा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै मिति २०७७ भाद्र तेस्रो साता पछि सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिएको छ । परीक्षा सम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु