काठमाडौं । पोखरा महानगरपालिका चरम आर्थिक अनियमितताको दलदलमा फसेको कांग्रेस निकटका वडा अध्यक्षहरुले अरोप लगाएका छन् । पोखरामा पत्रकार सम्मेलन नै गरि उनिहरुले १६ बुदेँ आर्थिक अनियमितताको फेहरिस्त प्रस्तुत गर्दै सो आरोप लगाएका हुन् ।

पोखरा महानगरपालिकाले घाटहरु संचालन गर्दा, महानगरका भवन तथा सटरहरु भाडामा लगाउदा, पार्किङ व्यवस्थापन, विज्ञापन, कवाडी टेण्डर, होर्डिङबोर्ड, ट्राफिक आईल्याण्ड, प्रतिक्षालय, सोलार लाईट, डस्विन लगायतको ठेक्का प्रक्रिया र सरसफाई लगायतमा आर्थिक अनुसासनको पालना नगरेको उनिहरुले टिप्पणी गरे ।

पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष एंव दलको नेता तथा सचेतक रामराज लामिछानेले आफुहरु पहिलो वर्ष पर्ख र हेरको अवस्थामा रहेको, दोस्रो वर्ष राम्रो महानगर निर्माणका लागि विभिन्न चरणमा सुझावहरु दिईएको, तेसा्रे वर्षमा कुनै पनि उल्लेखनिय काम नभएको र चौँठो वर्षमा केहि नहुने लक्षण देखिएपछि बाध्य भएर विरोध गर्नुपरेको बताए । उनले जनप्रतिनिधि आउनुपुर्व महानगरको बेरुजु २३ करोड रहेकामा हाल त्यो बढेर १ अरब २६ करोड ५७ लाख बढि पुगेको बताए । यसले महानगरको नेतृत्वको असक्षमता उजागर गरेको उनले बताएका छन् ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाले महानगरमा तमाम समस्याहरु रहेका प्रति पटक पटक ध्यानाकर्षण गराउदा पनि नेतृत्व एकलौटी रुपमा पेलेरै अगाडी बढिरहेको आरोव लगाए । आफुहरुको सुझावलाई कुनै पनि हालतमा नसुन्ने र महनगरमा मनपरि तन्त्र चलाउने प्रयत्न गरिएको उनले टिप्पणी गरे ।

हालको नेतृत्वले महानरको भविष्य थप अन्यौलता तर्फ धकेलिने निश्चित रहेको उनिहरुले बताएका छन् ।तर, महानगरका प्रवक्ता धन बहादुर नेपालीले आग्रह र पुर्वाहका आधारमा यो दोष लगाउने विषय नभएको टिप्पणी गरे । यो महानगरको साझा विषय भएकाले यसबाट पन्छने छुट कसैलाई नभएको उनले बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु