काठमाडौं । सरकारी क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सुनौलो अवसर आएको छ । गृह मन्त्रालयले १७६ कर्मचारी माग गरेको छ । मासिक ३६ हजार तलब सुविधा भएको पदका लागि कर्मचारी आवश्यक परेको विज्ञापन सार्वजनिक गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको छ ।

 

 

सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन् । त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु