काठमाडौं । नेपालमा अहिले कोरोना संक्रमण लगतार बढ्दैछ । यो बीचमा लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ४ जना पुगेको छ ।

हालसम्म ९ जना महिला र ६३ पुरुष गरी ७२ जना कोरोना निको भएर घर फर्किएका छन् । हाल आइसोलेसनमा ३२ पुरुष उपचाररत रहेका छन् ।

लगडाउन खुलेसँगै बजारमा भीडभाड बढेकाले संक्रमण बढ्न सक्ने भन्दै प्रशासनले मास्क लगाउन र भौतिक दुरी पालना गराउन कडाइ गर्न भनेको छ । जिल्ला सुरक्षा समिति लमजुङले बेंसीशहर बजारमा मास्क नलगाई हिंड्ने यात्रुलाई मास्क वितरण पनि गरेको छ ।

मास्क नलगाई पैदल यात्रामा निस्किएका नागरिक, सवारी चालक, यात्रु र बजारका व्यवसायी र ग्राहक सबैलाई गरी ३ हजार मास्क वितरण गरिएको जनाइएको छ ।

पहिलो पटक सचेत गराइने, तर सूचनालाई अटेर गरी मास्क नलगाइ हिंड्नेलाई कार्वाही गरिने छ । मास्क नलागाइ हिंड्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अन्तर्गत कार्वाही गरिने बताइएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु