काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा स्नातकोत्तर तह दोस्रो प्रथम वर्षको नेपाली विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित भएको छ। यसरी हेर्न सक्नुहुनेछ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।

  • Visit Site https://www.tuexam.edu.np/
  • Go to View Result Select MA Nepali Second Year 2076
  • Write your Symbol and View Result

SMS and Mobile Meathod

  • In Nepal Telecom : Dial 1602 to get the result.
  • By SMS Number : 33624 ; type your Faculty Name Space Exam Roll no

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

योपनि
एसईईको नतिजा १ साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ साताभित्र सार्वजनिक हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौं ।’

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सामेल छन् ।

योपनि
सेमेष्टर परीक्षा भदौ तेस्रो सातामा गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट सुरु गर्ने तयारी गरेको छ । विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी गरेको बताउनुभयो ।

त्रिविका अनुसार परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारी भइरहेको छ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड १९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।

सम्बन्धित खबरहरु