काठमाडौं । नेपालमा लकडाउन खुलेसँगै कोरोना संक्रमण लगातार बढ्दैछ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १९ हजार २७३ पुगेको छ । लकडाउन खुलेपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्यामा धेरै नै वृद्धि देखिएको छ । यो बीचमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

 

विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । कोसी अस्पतालले बिना कुनै समन्वय दिउँसो १ बजे एम्बुलेन्समा पठाएको थियो । स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल भेन्टिलेटरमा राखेर उपचार थाले पनि ४ः४५मा उनको मृत्यु भएको हो ।

 

 

कोसी अस्पतालका डा. दिपक सिग्देलले अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा श्वास फेर्न गाह्रो भएर उपचारका लागि ती पुरुष आएको बताउनुभयो । ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको बताइएको छ । यसअघि पनि ती पुरुष भारतस्थित ससुरालीबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए । तर पछिल्लो पटक भने क्वारेन्टाइनमा बसेका थिएनन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु