काठमाडौं । लकडाउनका कारण स्थगित परीक्षाबारे त्रिभुवन विश्वविद्यालयले अर्को सुचना जारी गरेको छ । त्रिवि अन्तर्गतको इन्जिनियररिङ अध्ययन संस्थानले (कोरोना भाइरस कोभिड–१९) का कारण चैत्र ६ गते देखि स्थगित भएको परीक्षा हालको परिस्थितिमा सुधार हुँदै गएर विषयम परिस्थिति नआएमा स्नातक तहको भाद्र अन्तिम हप्तामा र स्नातकोत्तरको भाद्र तेस्रो हप्तबाट सञ्चालन गर्ने जनाएको छ ।

संस्थानको परीक्षा महाशाखाले आज एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा हुनुभन्दा ३० दिन अगाडि र स्नातकोत्तरको २० दिन अगाडि सूचना प्रकाशित गरिने जानकारी दिएको छ । विज्ञप्तिमा नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरेर सञ्चालन गरिने उल्लेख छ । तर, कस्तो अवस्थालाई विषम परिस्थिति भन्ने परीक्षा कसरी सञ्चालन गरिने भन्ने विषयमा महाशाखाले पनि अन्योल नै राखेको छ ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ (कोरोना महामारी) विश्व महामारीको जोखिम का कारणले मिति २०७६ चैत्र ११ गतेदेखि भएको बन्दा बन्दी (लकडाउन) नेपाल सरकारद्वारा मिति २०७७ असार ६ गतेदेखि अन्त्य भएको र त्रिवि कार्यकारी परिषद्को मिति २०७७ साउन ६ गतेको नेपाल सरकारले निश्चित गरेका कार्यहरुबाहेक पठनपाठन, पुस्तकालय संचालन, लगायतका कार्यहरु सञ्चालन गर्ने गरी विश्वविद्यालयका सबै क्याम्पस विभाग तथा अन्य कार्यालयहरु नेपाल सरकारको स्वास्थ्य निर्देशिका पालना गरी सुचारु गर्ने निर्णय भएको यहाँहरु सबैलाई विदितै छ ।

साथै २०७७ भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन हुने र स्थगन भएका परीक्षाहरु पनि सञ्चालन गर्ने नेपाल सरकारको निर्णय अनुरुप ईन्जिनियरिङ अध्ययन संस्थानले मिति २०७६ चैत्र ६ स्थगित भएका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु मिति भाद्र महिना देखि सञ्चालन हुने सूचना मिति २०७७ साउन ७ गते प्रकाशन भए प्राध्यापक कर्मचारी विद्यार्थीहरु लगायत अन्य सरोकारवालाहरु सँग छलफल गर्दै परीक्षा नियन्त्रण महाशाखाले परीक्षा सम्बन्धी कार्यहरू अघि बढाएको छ ।

हालको परिस्थितिमा सुधार हुँदै गएमा र विषम परिस्थिति नआएमा स्नातक तहको परीक्षा मिति २०७७ भाद्र अन्तिम हप्ताबाट स्नातकोत्तर तहको परीक्षा मिति २०७७ तेस्रो हप्तबाट नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गर्दै सञ्चालन गरिने कुरा सम्बन्धित सबैमा सुचित गरिन्छ परीक्षा सम्बन्धित विस्तृत कार्यक्रम स्नातक तहको हकमा परीक्षा हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर २० दिन पहिले यस महाशाखाको वेवसाइटमा प्रकाशित गरिनेछ ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु