काठमाडौं । नेपालमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका अनुसार ती महिलामा उच्च रक्तचापको समस्या रहेको थियो ।

 

 

स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु