धिरेन्द्र चन्द सोडारी । नो ब्रत प्लिज भन्नेको सर्पोट गर्नेले महिला माथी ए'सि'ड प्र'हा'र गर्नेहरुको विरोध किन गर्दैन । ए'सि'ड आ'क्रम'ण केही समय नेपालमा बढ्दै गइरहेको छ । ए'सि'डले छाला, हड्डी समेत ज''लाउँछ । श'रीर ज'लेमा ज्यानै जोखिममा पर्छ । ए'सि'ड आ'क्रम'णबाट शरीर ज'ले प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव हुँदैन् । आँखामा परे तत्कालै ज्योति गुम्न सक्छ । ए'सि'ड आ'क्रम'णबाट दीर्घकालिन सम्म दिइरहने भएकाले ए'सि'ड आ'क्रम'ण खतरनाक छ ।

 

ए'सि'ड आ'क्रम'ण गर्नेहरु प्राय प्रेममा परेका, प्रेममा मनमुटावमा भएका, यौन हिँसामा परेका, विवाह प्रस्ताव नमान्न्ने, या कसैले यो लाई आ'क्रम'ण गर्नु भनेर आदेश दिएर पनि ए'सि'ड आ'क्रम'ण हुने गरेको, आदी घटनाहरु हुने पाइएको छ । पछिल्लो सात वर्षमा १९ युवती, ४ पुरुषमाथि ए'सि'ड आ'क्रम'ण भएको छ । ए'सि'ड आ'क्रम'ण गर्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कु'टपि'ट र अगंभंगमा कारबाही भएको छ ।

अब हामीले यो विषयमा बहश गरेर समाधान तिर जानुपर्छ । महिलालाई हेर्ने दृष्टिकोण, त्यो दृष्टिकोण जन्माउने सामाजिक चिन्तन र राज्यको भूमिका र ए'सि'ड आ'क्रम'णपछाडि जोडिने मानसिकता कसरी बन्छ, बनाइन्छ ? पटक पटक ए'सि'ड आ'क्रम'णका कारण किशोरीहरुले ज्यान गुमाएको शारीरीक अंगभंग घटना बारम्बार सार्वजनिक हुँदा पनि कपुतन्त्रे सरकारले ए'सि'डको बिक्रिवितरणको नियमनमा ध्यान पु¥याएको छैन् । यसको आवश्यक कडा नियम, नियत, र नियमन गर्न नसक्नु कपुतन्त्रे सरकारको कमजोरी हो । तपाई हामी सबैले व्यापक बहश गरि सरकारी स्तरबाट यसमा सचेत हुनुपर्छ । दिनप्रतिदिन सामाजिक पृष्ठभूमिको कारण, घरेलु हिंसा र आर्थिक हैसियत भएका महिला बलात्कारदेखि ए'सि'ड आ'क्रम'णको सिकार बनिरहेका छन् ।

विडम्बना गायिका सोफिया थापाको तीज गीत अबको तीज नो व्रत प्लिज सार्वजनिक भएको तिन दिनमै सनातन हिन्दू धर्म परम्परामाथि र तीजको मौलिकतामाथि आ'क्रम'ण भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध गरे र विरोधको आवाज व्यापक बढ्दै गएपछि हाइलाइट्स नेपालले युटयूबबाट उक्त गीत नै हटायो ।

मैले यहाँ गितको विरोध या सर्पोट गरेको होइन् । प्रत्येक मानिसको हेर्ने, बुझ्ने दृष्टिकोण फरक फरक छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद ९ धर्म सम्बन्धी कसूर दफा १५६ मा धार्मिक भावनामा आघात पुल्र्याउन नहुने (१) कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्धारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउन हुँदैन । दफा १५७ मा धार्मिक रीति–स्थितिमा बाधा पु¥याउन नहुने (१) कसैले सनातनदेखि अपनाउदै वा चलि आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पु¥याउन हुँदैन । भनेर प्रष्ट लेखिएको छ ।

तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त गीत सुन्न प्रोत्साहित गर्दै नयाँ युटयुब लिंक राख्दै ओलीतन्त्रमा अरिंगाल सेनाहरुको बिगबिगी भैरहेको बेला सामाजिक चेतना जगाउने सोफिया थापाको गीत विरुद्ध अरिंगालहरु खनिनु कुनै अनौठो हैन । मलाई त यो गित गजब लाग्यो । यसले कसैको धर्म÷संस्कृतिमाथी प्र'हा'र गर्दैन, सिर्फ कुरिति चेतना जगाउँछ । सबैले साथ दिऊँ । मजाले गीत सुनौ भनेर टुईट गरेका छन् ।

त्यस्तै पूर्वमन्त्री तथा कांग्रेसका युवा नेता गगन थापा टुईटरमा लेख्नुहुन्छ महिलाकाु गीतबाट धर्म मासिने डर, महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर, यो डर सामाजिक रोग हो । समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि डराउने हरुकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ भनेर लेखेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र लेख्नुहुन्छ । महिलाले भद्र गीति विद्रोह गर्दा संस्कारमा चोट पुग्ने ? ढाड देखिने लुगा लाउँदा अमर्यादित हुने ? विवाहित भएको जनाउ दिन श्रंगार गर्नु पर्ने ? यस्तो संकुचित मानसिकता नत्यागेसम्म न समाज समान, सहनशील र सुसंस्कृत बन्छ, न लोकतन्त्र फस्टाउँछ । नबिर्सिउँ, हाम्रा दिदिबहिनी, आमा सबै महिला हुन् । भनेर टुईट गरेका छन ।

माथी तिनै जनाको नियतको प्रश्न मैले गरेको हो । यि तिनै जना बैचारिक जालमा फसेका व्यक्ति र अरुलाई बैचारिक जालमा फस्नु लागि प्रेरित गर्ने व्यक्ति हुन । तिनै जनाले पक्कै पनि राम्रो कामहरु गरेका छन् । राम्रा कामहरुको सदैभ सम्मान गर्दछौँ । तर हरेक पटक तिनै जना धार्मिक आ'क्रम'णमा सहयोग गरिरहेका छन् । यदि बोल्नु पर्ने हो भने ए'सि'ड आ'क्रम'णमा किन नबोलका आजका दिनसम्म ? नेपालका मौलिक धर्म संस्कृतिको विरोध गर्ने एसाइन्मेन्ट पूरा गर्न ती सबै एकजुट छन् । यिनिहरु धर्मका विरोधीहरु हुन ।

बाबुराम ज्यू कहिले कर्णालीमा गएर होस्, कहिले हिमाली भेगमा गएर होस् कहिले तराईमा गएर होस् । कहिले देश टुक्राउने कुरा होस्, कहिले धार्मिक आ'क्रम'ण गर्नु होस् आदी कुराहरुमा निरन्तर लागिरहेका छन् । बाबुराम जी तपाईलाई वि.स. २०५६÷०५७ साल तिर हामी तपाईलाई बोर्ड फस्ट हुने बाबुराम भट्टराईका कस्ता होलान्, भनेर होस् वा आवाज सुन्नु पनि मरिहत्ते गर्ने हामी नै हुँ । तर बिस्तारै बुझ्दै जाँदा आयातित कुरालाई मात्र प्राथाकिता दिने तपाईको बानी नै रहेछ ? किन जहिले पनि पश्मिमेली संस्कृतिको सर्पोटमा किन ? हामी जस्ता युवाहरुलाई सहि ज्ञान दिनोस् न । किन विदा्रेह मात्र ? जुटाउनु भन्दा फुटाउनुमा मात्र किन लाग्नु भएको ? आज तपाईलाई प्रश्न गरिरहँदा यो अवस्था आउँछ कहिले सोचेको थिएन । अब त प्रश्न मात्र होइन् तथ्य सहित तपाईको बिरोधमा पनि उठ्ने छौँ । हामी त विद्यार्थी हौँ, तपाईका छोरा नाती सरह......

बाबुराम जी, नेपालमै जरोकिलो भएका मौलिक दर्शन, सिद्धान्त, वाद, मत, प्रतिमान, प्रणाली आदिको अनुसन्धान, अवलम्बन, विकास एवं प्रवर्धन गरी नेपाललाई वास्तवमै सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनुका लागि किन पहल गर्नुहुदैन ? नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद, योग, कृषि, उद्योग आदीको संरक्षण,संवर्धन, अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गरौँ भनेर किन बोल्नुहुदैन । नेपालको शासन प्रशासन, विधायन, न्याय, सम्पादन नेपालकेन्द्रित मौलिक प्रतिमान अनुसार गर्ने भनेर किन भन्नु हुदैँन । नेपाललाई नेपाल नै बनाउनुमा युवाहरुलाई आवाह्न गर्नुहोस् न फेरी एकपटक,.... नेपाललाई अमेरिका जस्तो, जापान जस्तो सिंगापुर जस्तो, रसिया जस्तो, चाइना जस्तो इण्डिया जस्तो हामीलाई चाहिदैन् । हामीलाई नेपाललाई नेपाल बनाउनुको लागि किन पहल गर्नुहुदैन् ।

अब अत्ति भो बाबुराम ज्यू, कहिले सम्म महिला लाई प्रयोग गरेर आ'क्रम'ण गर्नुहुन्छ, कहिले सम्म युवाहरुलाई विदेशीको गुलामीमा फसाउनु हुन्छ । कहिले सम्म धार्मिक आ'क्रम'ण बन्द गर्नुहुन्छ । गगन थापाको कुरा नै गर्नुपदैन् पोखरा बाट प्रकाशित कुनै एक पत्रिकामा समाचार गगन सुटुक्क पोखरा शिर्षकको समाचार हेरे पुग्छ । गगन थापाको बारेमा उहाँकै कार्यकर्तालाई सोधे हुन्छ । उहाँका कार्यकर्तालाई गगन थापाको बारेमा अनुसन्धान गर्नु पनि आग्रह गर्दछौँ । उहाँले नो व्रत प्लिज मा खुलेआम सर्पोट गरेका छन । तर गगन जी ए'सि'ड आ'क्रम'ण, भष्ट्रचार,आदी विषयमा व्यक्तिगत तथा पार्टी भित्र किन नबोलेको ? तिनै जना पात्र, किन धार्मिक आ'क्रम'णमा महिलाहरुको प्रयोग गरिरहेका छन् ? किन अरुलाई बैचारिक जालमा फँसाइरहेका छन् । सबैले उहाँहरुको नियत माथी प्रश्न गर्ने बेला आएको छ ।

 

तिनै जनालाई आग्रह ए'सि'ड आ'क्रम'ण रोक्नको लागि आवाज उठाउनुहोस् । ए'सि'ड आ'क्रम'णमा परेकालाई सहयोग अथवा सहयोगको लागि पहल गर्नुहोस् । यि तिन जना पात्र मात्र हुन । धेरै जना नेपालका मौलिक रैथाने धर्म संस्कृति मास्ने तिर निरन्तर लागि रहेका छन् । नेपालका मौलिक धर्म संस्कृतिको जर्गेना गर्नुका लाग्नुहोस् । महिला, पुरुष, विविध जाति प्रजाति नश्ल, भाषा, भौगोलिकता तथा अन्य पनि वैविध्यलाई वैभिन्न्यका रुपमा होइन, सम्पदाका रुपमा समन्वय गरी सहृदयताको सम्बन्धमा लागि पहल गर्नुहोस् ।
हामी भन्छौँ । नेपाली सभ्यता निर्माणमा पु¥याएको योगदानको सधै कदर गछौँ । तत्कालिन समयमा मानिसको सामाजिक चेतना, आर्थिक र समसामयिक, परिवेशमा समाजलाई व्यवस्थित गर्न बनाएका कतिपय शास्त्रीय नियमहरु अहिले आएर गतार्थ÷प्रयोजनविहिन भैसकेका छन् । हामी शास्त्रका राम्रा कुरा जुन अहिलेको समयमा पनि सान्दर्भिक हुन्छन् ति मात्र स्वीकार गछौँ । हामी जडसुत्रवादी हैनौँ । स्थितिगत्यात्मक प्रगतिवादलाई अनुसरण गछौँ । नेपालका मौलिक रैथाने धर्म (हिन्दु, बौद्ध, बोन, किरात, जैन, शिख प्रकृतिका पुजक लगायत) संस्कृतिको संरक्षण, संवर्धन, प्रवर्धन गछौँ र गरौँ । जागौँ कपुतन्त्रको समूल अन्त्य गरौँ । नेपाललाई नेपाल नै बनाइराखौँ । अघि बढौँ यो युग हाम्रो हो ।
(धिरेन्द्र चन्द सोडारी प्रगतिवादी युवा समाज नेपालका केन्द्रीय अध्यक्ष हुन ।)

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु