पौष २२, काठमाडौ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त बैठकले ३३ दलिय मोर्चाले प्रस्तुत गरेको ९ बुँदे प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले प्रस्ताव जायज नभएका कारण थप सहमति स्वरुप भोली निर्णायक वार्ता गर्ने, मोर्चाको प्रस्तावित अवधारणालाई परिमार्जनका लागि आग्रह गर्ने निर्णय गरेको हो । साथै एकीकृत नेकपा माओवादीसँग पनि निर्णायक बैठक गरेर सहमतिको अन्तिम प्रयास भोलीबाट टुङ्ग्याउने संकेत गरेको छ ।
सत्तारुढ दल एमाले, कांग्रेसद्धारा ३३ दलीय मोर्चाको प्रस्ताव अस्वीकार ।
जनबोली न्यूज नेटवर्क
मङ्गलबार २२ पुस, २०७१
पढ्न लाग्ने समय: < 1 minute