कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७७ हजार नाघ्यो


काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ । एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ । एएफपी

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानून पढ्ने प्रथम वर्षका विद्यार्थी अधिकांश फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी
त्रिविको परीक्षाफल निराशाजनक, साढे पाँच प्रतिशत मात्र उत्तीर्ण
त्रिविको स्थगित परीक्षा तत्काल हुने सम्भावना यसरी टर्यो
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनबारे बोल्यो शिक्षामन्त्रालय
एलएलबी प्रथम बर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता