नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु, मृतक संख्या ५६ पुग्यो


काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट नेपालमा ५६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् ।

उनको साउन १५ गते मृत्यु भएको थियो । साउन ६ गते कोरोना पुष्टि भएका उनी मुटु रोगी थिए । उनको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको साउन १५ गते मृत्यु भएको हो । पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो । उनी मधुमेह तथा रक्तचापका बिरामी थिइन् ।

साउन ६ गते पाटन अस्पताल भर्ना भएकी उनको साउन १६ गते मृत्यु भएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए । नेपालमा आज थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितहरुको संख्या १९ हजार ७७१ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...