त्रिविद्धारा स्नातकोत्तर तहको नतिजा सार्वजनिक [नतिजासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोतर तह प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आज शिक्षाशास्त्र संकाय अन्तर्गत २०७६ साल भाद्र महिनामा संचालन गरेको प्रथम सेमेष्टरको नतिजा आज सार्वजनिक गरेको हो । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।  नतिजा हेर्नुहोस्

 

एसईई नतिजा यही साता

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको छ । ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

‘विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ,’ उनले भने, ‘अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं ।’ उनका अनुसार केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी छ । ‘प्राविधिक कठिनाइ नआए २/३ दिनमै नतिजा प्रकाशित गर्न सकिन्छ,’ उनले भने, ‘सकेसम्म बुधबार (साउन २१) भित्र गर्ने लक्ष्य राखेका छौं ।’

यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार प्रधानाध्यापक अध्यक्ष रहेको परीक्षा समितिले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीले प्राप्त गरेको अंक सिफारिस गर्नेछ ।

विद्यालयले सिफारिस गरेको अंक इकाइले प्रमाणित गरी बोर्डमा पठाइसकेका छन् । सोही अंकका आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन हुनेछ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्ले कोरोना संक्रमणका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो । एसईई चैत ६ बाट सुरु हुने तालिका थियो । कोरोना महामारीका कारण सरकारले चैत ५ गते राति एसईई स्थगित गर्ने निर्णय गर्‍यो । महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै जेठ २८ गते परीक्षा नै रद्द गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...